×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने तारकेश्वरका एक जना पक्राउ

GLOBAL IME BANK

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने तारकेश्वरका एक जना पक्राउ

२० चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-८ का २३ वर्षीय अमित भुजेल पक्राउ परेका छन् । प्रहरीले उनलाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा बिहीबार पक्राउ गरेको हो । 
अष्ट्रेलियाका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने बताएका उनले २ जनाबाट ९ लाख रुपैयाँ ठगी गरेको पीडितको जाहेरीमा उल्लेख छ । 
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ, माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: