×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्याली हाइड्रोपावरले वैशाख ६ गतेदेखि ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर जारी गर्ने, यी ठाउँबाट भर्न सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

अरुण भ्याली हाइड्रोपावरले वैशाख ६ गतेदेखि ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर जारी गर्ने, यी ठाउँबाट भर्न सकिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले वैशाख ६ गतेदेखि १ सय रुपैयाँ अंकित मूल्यमा ५०% अर्थात् ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनले चैत ९ गते बुक क्लोज गरेको छ । जसअनुसार चैत ८ गतेसम्म कायम सेयरधनीले सो हकप्रदमा आवेदन दिन सक्नेछन् ।
हकप्रदमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिने छ भने बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकको इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 
साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: