×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाका कारण कैलालीका ६ सहित सुदूरपश्चिममा १० जनाको मृत्यु, अन्यको अवस्था कस्तो छ ?

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । बिहिबार सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड १९) का कारण १० जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दा सम्ममा कैलालीका ६ जना र कञ्चनपुरका ३ जना र बझाङ्गमा १ जना गरी कुल १० जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीया महिला, लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरुष, लम्कीचुहा–४ सगुनियाका एकजना रहेका छन् । यस्तै घोडाघोडी–१० का ६० वर्षीय पुरुष र घोडाघोडी –१२ का २८ वर्षीय युवक, गोदावरी नगरपालिकाकी ८७ वर्षीया एक महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
त्यस्तै भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहीबार बिहान १ बजे, महाकाली नगरपालिकाका ३० वर्षीय युवकको साढे १२ बजे र भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया एक महिलाको बिहान साढे ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ । उता बझाङ्गान कोरोनाकै कारण थप एकजनाको ज्यान गएको हो । यसरी बिहिबार सुदूरपश्चिममा १० जनाको ज्यान गईसकेको जनाइएको छ । त्यस्तै अस्थायी कोरोना अस्पतालमा रहेका अन्य अधिकांश बिरामीको अवस्था समान्य रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: