- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।