×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

LAXMI SUNRISE BANK

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

७ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।
आईपीओ निष्कासन गर्नको लागि कम्पनीले अनुमति पनि पाएको छ । नेपाल धितोपत्र बोर्डले उक्त जलविद्युत् कम्पनीलाई वैशाख ५ गते आईपीओ निष्कासनको लागि अनुमति दिएको हो । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी