×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक इन्टरनेशनल सेक्यूरेटिज आइडेन्टीफिकेसन नम्बर प्रदान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक इन्टरनेशनल सेक्यूरेटिज आइडेन्टीफिकेसन नम्बर प्रदान

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र केएसबिबिएल डेबेन्चरले अन्तराष्ट्रिय स्तरको परिचय अंक इन्टरनेशनल सेक्यूरेटिज आइडेन्टीफिकेसन नम्बर (ISIN) प्राप्त गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ । 
९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई NPE068A1101 को ISIN प्रदान गरिएको छ । मिति २०७७/१०/२२ गते बिहीबार निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ बैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको छ । उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । ISIN ऋणपत्रहरुलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ्ग र फुकुवा गर्न प्रदान गरिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: