×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकले कमायो ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा, इपिएस कति ? (विस्तृत विवरणसहित)

PRIME CA

महालक्ष्मी विकास बैंकले कमायो ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा, इपिएस कति ? (विस्तृत विवरणसहित)

७ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकले गत वर्षको सोहीे अवधिमा ३९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन गत वर्षको तुलनामा बैंकको यस वर्षको खुद नाफा १.५७ प्रतिशतले बढी हो । यस्तै बैंकको यो अवधिसम्म वितरणयोग्य नाफा २५ करोड ७६ लाख रुपैयाँ रहेको छ।
मंगलबार सार्वजनिक बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ०.६४ प्रतिशतले घटेको छ । बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ५६ करोड २ लाख रुपैयाँ रहेको छ भने गत वर्ष यही अवधिसम्म ५६ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी २.६४ प्रतिशतले घटेको छ । बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी १ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको छ भने गत वर्ष यही अवधिसम्म बैंकले खुद ब्याज आम्दानी १ अर्ब १९ करोड रुपैयाँ आर्जन गरेको थियो।
बैंकले समीक्षा अवधिसम्म ३६ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ३६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै बैंकले समीक्षा अवधिसम्म २९ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले २९ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
बैंकको रिजर्भ १०.२२ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँको भएको छ । गत वर्ष रिजर्भमा १ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो।यता बैंकको निष्क्रिय कर्जा ४.४४ प्रतिशत रहेको छ भने बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.१० रुपैयाँ रहेको छ । यस्तै मूल्य आम्दानी अनुपात (पीई रेसियो) १९.२५ गुणा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १५४.९० रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: