×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं मलमा नेपाल बैंकको क्यूआर कोड र एटिएम सेवा, व्यवसायीले बिनाधितो सहुलियत कर्जा पनि पाउने

PRIME CA

काठमाडौं मलमा नेपाल बैंकको क्यूआर कोड र एटिएम सेवा, व्यवसायीले बिनाधितो सहुलियत कर्जा पनि पाउने

१० बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । नेपाल बैंक लिमिटेडले काठमाडौं मलमा आफ्नो क्यूआर कोड सेवा विस्तार गरेको छ । बैंकले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी काठमाडौं मलमा क्यूआर कोडको सेवा सुरु गरेको हो ।
बैंकले काठमाडौं मल (दिवा सपना जे.भी.)सँग सम्झौता गर्दै उक्त मलका स्टलहरुमा बैंकको क्यूआर कोड र परिसरमा एटीएम सञ्चालन गर्ने सहमति गरेको हो ।साथै काठमाडौं मलका व्यावसायिहरुलाई बैंकले सहूलियत दरमा बिनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाटप्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र काठमाडौं मल व्यवस्थापक कम्पनीको तर्फबाट प्रमूख व्यवस्थापक विष्णुहरी कालले ढकालबीच हस्ताक्षर भएको हो । बैंकले देशभर रहेका २०५ शाखा, ४१ एक्स्टेन्सन काउण्टर, १४६ वटा एटिएम सहित डिजिटल बैंकिङ्गमार्फत् उच्चतमबैंकिङ्ग सेवा प्रदानगर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: