×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ५८ करोड ९२ लाख ८९ हजार कमायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ५८ करोड ९२ लाख ८९ हजार कमायो

Artha Sarokar

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५८ करोड ९२ लाख ८९ हजार खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १ दशमलव २४ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ५८ करोड २० लाख ७० हजार नाफा कमाएको थियो । 
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा भने ४६ करोड ३२ लाख ५६ हजार रहेको छ । गत वर्षभन्दा शून्य दशमलव ६१ प्रतिशत बढी ८३ करोड ५५ लाख ३९ हजार सञ्चालन नाफा गरेको बैंकको कुल सञ्चालन आम्दानी १ दशमलव शून्य ३ प्रतिशत बढी ९३ करोड ७२ लाख १ हजार भएको छ ।
जगेडा कोषमा पनि २ अर्ब १५ करोड ३६ लाख ३७ हजार रहेको छ । यस अवधिसम्म बैंकले गत वर्षभन्दा २३ दशमलव ७९ प्रतिशत बढी ३० करोड ९४ लाख ६५ हजार निक्षेप संकलन गरेको छ । २७६ दशमलव ६३ प्रतिशत बढी २ अर्ब १९ करोड ५६ लाख ३८ हजार कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी ५ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्थ ११० दशमलव ७७ रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी