×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पार्टी प्यालेसलाई मुख्य सिजनमै धक्का भो ! ‘२५ जनालाई भोग खुवाएर लागत पनि उठ्दैन, हाम्रो उठिबास लाग्ने पक्का भो’

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना महामारीका कारण नमज्जासँग थला परेको पार्टी प्यालेस व्यवसाय सरकारको पछिल्लो नीतिसँगै पुन: समस्यामा परेका छन् । कोरोनाको दोस्रो लहरका कारण सरकारले विवाहको मुख्य सिजनमै पार्टी प्यालेसहरुमा २५ जना भन्दा बढी सहभागी हुन नपाइने नियम ल्याएपछि पार्टी प्यालेसहरु पुन: बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पार्टी प्यालेसहरू बन्द गर्ने निर्णय गरेको छ भने विवाह, ब्रतबन्ध लगायत कार्यमा २५ जनाभन्दा बढीलाई सहभागी हुन रोक लगाएको छ । २५ जनाभन्दा बढी सहभागी नहुने गरी पार्टी प्यालेस प्रयोग गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्नेछ ।
‘२५ जनालाई खुवाएर त लागत नै उठ्दैन’
अघिल्लो बर्षपनि बैसाखको सिजनमा व्यापार गर्न नापयेका पार्टी प्यालेसहरुले गत मङ्सिरमा केहि व्यापार गरेका थिए । त्यसपछि त विवाहको साइत नै थिएन । बल्ल बल्ल सिजन आउने बेलामा पुन: व्यवसायमा समस्या हुँदा उनीहरु अव बैंकको किस्ता कसरी हाल्ने भन्ने तनावमा छन् ।
‘हामीले कमाउने भनेकै विवाहको सिजनमा हो ।’ काठमाडौँमा संचालित एक पार्टी प्यालेसका संचालक भन्छन्, ‘हाम्रो व्यवसाय वर्षको ३६५ दिनमध्ये मुश्किलले १०० देखि १५० दिन मात्र चल्छ । सिजनमै बन्द गर्नुपर्ने भएपछी त व्यापार गर्न नसकिने पक्का छ ।’ उनका अनुसार एक पटकमा २५ जनालाई मात्र भोग खुवाएर त पार्टी प्यालेसको लागत पनि उठ्दैन । ‘बैसाखमा केहि बुकीङ थिए ।
तर अव सहभागीको संख्या घट्नेछ । अव जेठ र असारमा त यहि कोरोनाका कारण विवाह गर्नेहरु नै कम हुन्छन् ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘यसरी त धेरै गाह्रो हुने भयो । बरु मापदण्ड प्रयोग गरेर खुल्न दिएको भए सहज हुन्थ्यो ।
१५ अर्ब भन्दा बढी लगानी जोखिममा
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अनुसार अहिले देशभर पार्टी प्यालेस र क्याटरिङ व्यवसाय चलाइरहेका करीब ७ हजार व्यवसायी छन् भने यो व्यवसायमा १५ अर्बको लगानी छ । संघका अनुसार लकडाउनपछि १५ भन्दा बढी पार्टी प्यालेस सधैंका लागि बन्द भएका छन् । कतिपय पार्टी प्यालेस त डिपार्टमेन्ट स्टोर बनिसकेका छन् । पार्टी प्यालेसको कुल लगानीमध्ये ७० प्रतिशतभन्दा बढीमा बैंकहरुले लगानी गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: