Skip to content
LAXMI SUNRISE BANK

वर्ल्डलिंक कम्युनिकेसन्सद्धारा नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँ वर्ष’ अफर सार्वजनिक, ग्राहकहरूको जीवनलाई थप प्रभावकारी बनाउने उद्देश्य

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी अभूतपूर्व ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको छ । वल्र्डलिंकले कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने अपेक्षाका साथ ‘हर्षको नव वर्ष’ अफर ल्याएको हो । जसमा ग्राहकहरूले बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेजमा ६२ प्रतिशतसम्म छुट पाउनेछन् ।
यो बाह महिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि ग्राहकहरूले बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाउनेछन् । यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज पनि पाउनेछन् । जसमा फिल्म हेर्न पनि सकिनेछ । वर्ल्डलिंकले वाईफाईको उत्कृष्ट अनुभवका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराउने भएको छ । यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क हुनेछ ।नयाँ वर्ष उत्सवको समय भएकाले आफ्ना नयाँ तथा पुराना ग्राहकहरूले सामान्यतः शुल्क लाग्ने सेवाहरूमा बढी भन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेट प्रदान गर्ने उद्देश्य रहेको को आनन्द वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए ।
यस्तै आफ्ना ग्राहकहरूको खुशीका लागि सधैँ निरन्तर क्रियाशील रहिआएको पनि बताए । यही सचेतताका कारण, ग्राहकवहरू आफ्ना घरबाहिर पनि अनलाइन रहन सकुन् भनि नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेको पनि अग्रवालले जानकारी दिएका छन् । वर्ल्डलिंकले यो नयाँ वर्षमा आफ्ना ग्राहकहरूका लागि उत्साहजनक धेरै नयाँ सामग्री र सेवा ल्याएर ग्राहकहरूको जीवनलाई थप प्रभावकारी र सुखमय बनाउने पनि अध्यक्ष अग्रवालले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK