×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलालीमा जारी निषेधाज्ञा फेरी लम्बियो, बैंकहरुले के-के सेवा दिन्छन्, के दिँदैनन् ? खुल्नेको हकमा यस्तो छ व्यवस्था…

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा जारी निषेधाज्ञालाई थप कडाई गरिने भएको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढीरहेको र नियन्त्रण गर्न मुस्किल भएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञालाई लम्ब्याउँदै थप कडाई गर्ने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा जारी गरिएको आदेशमा बैंक तथा वित्तिय संस्थाको सेवा संचालनमासमेत कडाई गरिएको जनाएको छ । यसभन्दा अगाडी हप्ताको ३ दिन संचालन गर्ने गरी व्यवस्था मिलाइएको भएतापनि निषेधाज्ञालाई कडाई गर्दै राजस्व दाखिला र सरकारी बैंकिङ्ग कारोबारबाहेक सबै सेवाहरु बन्द गर्ने प्रशासनले जनाएको छ । त्यस्तै बैंक तथा वित्तिय संस्था संचालनको हकमा बढीमा ३ जना कर्मचारी राखेर सेवा संचालन गर्नुपर्नेछ ।
आवश्यक भुक्तानीका लागि भने बैंक तथा वित्तिय संस्थाहरुले एटिएममार्फत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्युतिय प्रणालीबाट सेवा संचालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा जारी आदेशमा उल्लेख गरिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: