×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल पावरको नाफामा ४८.८१% को गिरावट, अधिकाशं सूचकहरु पनि घटे (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

बुटवल पावरको नाफामा ४८.८१% को गिरावट, अधिकाशं सूचकहरु पनि घटे (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बुटवल पावर कम्पनीको नाफा घटेको छ । कम्पनीको नाफा ४८.८१% ले घटेर ४५ करोड ८६ लाख ५३ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । गत वर्ष भने ८९ करोड ५९ लाख १ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि सामान्य गिरावट आएर ५१ करोड ११ लाख ६४ हजार रुपैयाँमा खुम्चिएको छ । यस्तै अन्य आम्दानी शीर्षकमा उल्लेख्य मात्रामा गिरावट आएको छ । गत वर्ष ७५ करोड ५५ हजार रुपैयाँ अन्य आम्दानी गरेकामा अहिले ३४ करोड १५ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । 
चैत मसान्तसम्म प्रतिसेयर आम्दानी पनि घटेर १५ रुपैयाँ ५४ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ पनि २६८ रुपैयाँ ३४ पैसाबाट घटेर २३५ रुपैयाँ ५० पैसामा सीमित भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: