- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । घोडीघोडा लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६ लाख ६८ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सार्वजनिक वित्तिय विवरण अनुसा रकम्पनीको खुद ब्याज आम्दानी पनि १८.२६% ले घटेको छ भने ४७ लाख ३५ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ छ । रिजर्भ कोषमा जम्मा ७२ लाख ६६ हजार रुपैयाँ मात्र रहेको छ । खराब कर्जा अनुपात ३.४३% बाट बढेर ६.६८% पुगेको छ । कस्ट अफ फन्ड १६.८९% रहेको छ ।