×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

गुराँस लाइफ इन्स्योरेन्स १३ वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश, यस्तो छ कम्पनीको समग्र अवस्था

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १४ औं वर्षमा प्रवेश गरेको छ । नियामक निकाय बीमा समितिले २०६४ चैत १८ गते आजीवन, सावधिक र म्यादी जीवन बीमा कारोबार गर्न इजाजत प्रदान गरेको भएपनि कम्पनीले वि.स. २०६५ जेठ १७ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको थियो । जस अनुसार आजबाट १३ वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको हो ।
यस अवधिसम्म आउँदा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोष ५२ करोड ३१ लाख १४ हजार रुपैयाँ जम्मा रहेको छ । यस्तै कम्पनीको जीवन बीमा कोष १० अर्ब ११ करोड ९३ लाख ५७ हजार रुपैयाँ रहेको छ । कम्पनीले हालसम्म ३ पटक हकप्रद सेयर जारी गरिसकेको छ भने ५ पटक बोनस सेयर तथा नगद लाभांश वितरण गरेको छ । अहिले नेपालमा २० वटा जीवन बीमा कम्पनीले सेवा दिइरहेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal