×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एचआइडीसीएलको नाफा २०.९४% ले घट्यो, ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्ने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६३ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्ष भन्दा २०.९४% थोरै हो । चैतसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ५५ पैसा छ ।
कम्पनीले जलविद्युत आयोजनाहरुमा ३५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । ८ करोड रुपैयाँ विभिन्न कम्पनीका बण्डमा पनि लगानी गरेको छ । कम्पनीले विभिन्न बैंकमा ११ अर्ब ६५ करोड रुपैयाँ आवधिक बचत (टर्म डिपोजिट) गरेको छ । बाँकी ८० करोड १६ लाख रुपैयाँ पनि बैंक निक्षेपमा बचत रहेको छ ।
कम्पनीले ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । हकप्रद अनुमतिका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: