×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जनउत्थान सामुदायिक लघुवित्तले गर्यो कमालको प्रगति, नाफा ९३.०४% ले बढ्दा प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले ३ करोड ५१ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९३.०४% ले बढी हो । अघिल्लो वर्ष कम्पनीले १ करोड ८२ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ८६ पैसाले बढेर ५९ रुपैयाँ १९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ०१ पैसा छ । यस्तै कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि वृद्धि भएको छ । खुद ब्याज आम्दानी ५५.७८% र सञ्चालन नाफा १२१.५८% ले बढेको छ । यता कम्पनीको जगेडा कोषमा १२ करोड ६७ लाख २५ हजार रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: