×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माछापुच्छ्रे बैंकको सामाजिक कार्य : अक्सिजन प्लान्टका लागि गण्डकी अस्पताललाई ५ लाख सहयोग

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी अस्पताल पोखरालाई अक्सिजन प्लान्ट स्थापनाको लागि ५ लाख सहयोग गरेको छ । पछिल्लो समय नेपालमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना माहामारीको जोखीम न्युनिकरण तथा अक्सिजन अभावलाइ मध्यनजर गर्दै उक्त अक्सिजन प्लान्ट स्थापना गर्न बैंकले सहयोग गरेको हो ।
गण्डकी प्रदेशको मुख्य अस्पताल, गण्डकी अस्पतालमा बतास फाउन्डेसन द्वारा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टको लागि बैंकले उक्त सहयोग गरेको हो । उक्त प्लान्ट स्थापना भएपछि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने र यसबाट विरामीलाई प्रत्यक्ष लाभ पुग्नेछ।
यसैगरी माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको अत्तरिया स्थित मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर किन्नका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । अस्पतालमा देखिएको अक्सिजन अभावलाइ मध्यनजर गर्दै बैंकले मालाखेती अस्पताललाई उक्त सहयोग गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: