×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एग्रो लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कति नाफा कमायो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल एग्रो लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कति नाफा कमायो ?

२४ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल एग्रो लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार लघुवित्तले खुद नाफा दुई करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २४५.५७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको खुद नाफा ६८ लाख रुपैयाँमा सिमित थियो ।
इन्फिनिटी लघुवित्तसँग विलय हुन लागेको लघुवित्तको सञ्चालन नाफा ४ करोड २१ लाख रुपैयाँले नोक्सानीमा छ भने ७ करोड ९१ लाख रुपैयाँ राइट ब्याक भएको छ । यस अवधिमा लघुवित्तले ५ करोड ११ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९५ पैसाले बढेर ५४ रुपैयाँ ८१ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी