×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका कारण काम नपाएको भन्दै भिमबहादुरले पैसा चोर्न नेपाल बैंकको एटिएम फोडे, फोड्दाफोड्दै पक्राउ…!

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लकडाउनका कारण काम नपाएको भन्दै भिमबहादुरले पैसा चोर्न नेपाल बैंकको एटिएम फोडे, फोड्दाफोड्दै पक्राउ…!

२१ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
रुकुम । लकडाउनका कारण धेरै नागरिक बेरोजगार बन्नुपरेको छ । त्यसमा पनि लकडाउनका कारण श्रमिक बर्गलाई ठुलो समस्या परेको छ । यस्तै लकडाउनकै कारण देशका कतिपय स्थानमा चोरीका घटना बढेका छन् । यस्तै घटना घटेको छ, रुकुम पश्चिमको जिल्ला सदरमुकामको मुख्य बजारमा रहेको नेपाल बैंक लिमिटेडमा । जिल्लाको नेपाल बैंकको शाखामा पैसा चोर्ने नियतका साथ शाखाको एटिएम मेसिनमा तोडफोड भएको छ । मेसिन तोडफोडमा संलग्न एक जनालाई प्रहरी पक्राउ गरेको छ ।
बैकको एटिएम मेसिन फोर्दै गरेको अवस्थामा मुसिकोट नगपालिका वडा नम्बर १ का ३० बर्षिय भिमबहादुर बि.क.लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार एटिएम मेसिनमा सप्पल प्रहार गरेर चोरी गर्न लाग्दा बैक मेनेजरले सिसिक्यामराबाट थाहा पाएपछि प्रहरीलाई खबर गर्नु भएको थियो । तत्कालै नजिकैको प्रहरीले भिमबहादुरलाई नियन्त्रणमा लिएकोे थियो । उनले बयानका क्रममा लकडाउनका कारण काम पनि नभएको र पैसा पनि नभएको भन्दै उनले ए टि एम फोड्ने प्रयास गरेको बताएका छन् ।
सप्पल हानेर एटिएम फोर्ने प्रयास गरेका बिकको प्रयासपछी एटिएम मेसिन बिग्रेको छ । थप अनुसन्धान भईरहेको बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: