
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एकस्चेन्ज (नेप्से) ले सेयर बजार मंगलबार सर्वाधिक उच्च बिन्दुमा पुगेको जनाएको छ । नेप्सेले एक विज्ञप्ति जारी गर्दै मंगलबार १ लाख १५ हजार कारोबारमा ११ अर्ब ३५ करोेड ९३ लाख ६० हजार रुपैयाँ बराबरको २ करोड ३१ लख ३१ ह्जार ६१५ कित्ताको सेयर कारोबार भएको र नेप्से परिसुचक २७९३.८९ को बिन्दुमा पुग्दा कारोबार रकम, कारोबार संख्या र बजार परिसुचकका आधारमा धितोपत्रको दोस्रो बजारमा नयाँ कीर्तिमान कायम भएको जनाएको हो ।
यस्तै नेप्सेले बजार २०७६ कार्तिक २० गतेबाट पुर्ण स्वचालित अनलाईन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको पनि जनाएको छ । हाल ६ लाखभन्दा बढि लगानीकर्ताहरुले टिएमस को युजरनेम र पासवर्ड लिएको जनाइएको छ ।
विज्ञप्तीमा ‘लगानीकर्ताहरुले कारोबार गर्दा सेयर मूल्यमा प्रभाव पार्न सक्ने धेरै भन्दा धेरै सूचनाहरु संकदन तथा बिश्लेषण गर्नुपर्ने भन्दै खासगरी आँफुल लगानी गर्न चाहेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको संभावना, नाफा नोक्सानको स्थिति लगयतका आधारभुत पक्ष र कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम कम्पनीको मूल्य लगायतको प्राविधिक विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने हुन्छ ।’ उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्