×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेमा अर्को ऐतिहासिक रेकर्ड, कारोबार रकम १७ अर्ब नाघ्यो !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार रकममा नयाँ रेकर्ड कायम भएको हो । नेप्से परिसूचक १२.५४ अंकले बढ्दा कारोबार रकम १७ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१९ कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर खरिद बिक्री भएको छ ।  
आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४७ करोड ४० लाखमाथिको कारोबार भएको छ । यस्तै आज सबैभन्दा धेरै ज्योति विकास बैंकका लगानीकर्ताले कमाएका छन् भने बरुण हाइड्रोपावरका लगानीकर्ताले सबै भन्दा धेरै गुमाएका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: