×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ अर्ब १३ करोडमाथिको कारोबारसहित सेयर बजारमा सामान्य करेक्सन, विश्लेषक भन्छन् ‘लगानीकर्ताले आत्तिनु पर्दैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

११ अर्ब १३ करोडमाथिको कारोबारसहित सेयर बजारमा सामान्य करेक्सन, विश्लेषक भन्छन् ‘लगानीकर्ताले आत्तिनु पर्दैन’

Artha Sarokar

११ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से घटेको छ  । सोमबार तुलनामा नेप्से ६.५० अंकले घटेर २८१६.५६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१९ कम्पनीको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब १३ करोडमाथिको कारोबार भएको छ । यता सेयर बजारका विश्लेषकले भने लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन्  । आजको करेक्सन सामान्य भएको बजार माथिनै जाने भएकाले विश्लेषकले लगानीकर्तालाई नआत्तिन आग्रह गरेका हुन् ।
आज सबैभन्दा बढी कारोबार अरुण काबेलीको भएको छ । यस कम्पनीको ३३ करोड ८३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: एसियन लाइफ इन्स्योरेन्स र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको भएको छ । आज ६ समूहबाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै बरुण हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने मल्टिपर्पस फाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै गुमाएका छन् । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी