×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चोरी गर्ने ओमप्रकाश सरदार पक्राउ, ५६ हजार ९ सय ६५ नगद र ५४ तोला चाँदी बरामद

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

चोरी गर्ने ओमप्रकाश सरदार पक्राउ, ५६ हजार ९ सय ६५ नगद र ५४ तोला चाँदी बरामद

सप्तरी । सप्तरी प्रहरीले चोरीको सामानसहित सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका-१ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका १८ वर्षीय ओमप्रकाश सरदारलाई बिहीबार पक्राउ गरेको छ । घरको छतमा भुसको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा ५६ हजार ९ सय ६५ रुपैयाँ, चाँदीको ५४ तोलाका पाँच जोर गरगहना र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । सप्तरीको महादेवा गाउँपालिका-१ घर भएका सरदार सपरिवार धर्मशालामा बस्दै आएका थिए ।
उनले बुधबार राति घरमा कोही नभएको मौका छोपी चोरी गरेको स्वीकारेका छन् । सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका-१ स्थित जण्डौलचोक बस्ने उर्मिलाकुमारी चौधरी बुधबार पुरानो घर गई बिहीबार बिहान १० बजे आफ्नो नयाँ घर आउँदा माथिल्लो तल्लाको कोठाको ताला र कोठाभित्रको दराज फुटाइएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय महुलीमा जानकारी गराउनुभएको थियो ।
सरदारलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गरेको स्वीकार्दै बिताइ सरदारको घरको छतमा सामान लुकाएको ठाउँ देखाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी माधवप्रसाद काफ्लेले बताउनुभयो । उनीविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार उजुरी दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: