×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्ट्सको खुद नाफा २६.५२% वृद्धि, सिमेन्ट बिक्रीबाट हुने आम्दानी ३.८२% ले बढ्दा प्रतिसेयर आम्दानी कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK

शिवम् सिमेन्ट्सको खुद नाफा २६.५२% वृद्धि, सिमेन्ट बिक्रीबाट हुने आम्दानी ३.८२% ले बढ्दा प्रतिसेयर आम्दानी कति ?

Artha Sarokar

२९ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा शिवम् सिमेन्ट्सले खुद नाफा २६.५२% ले बढाएको छ । कम्पनीले वित्तीय विवरण प्रकाशन गर्दै नाफा २६.५२% ले बढाएर १ अर्ब ९ करोड ८० हजार रुपैयाँ कमाएको जनाएको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ८६ करोड १५ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०२ पैसाले बढेर वार्षिक ३३ रुपैयाँ ०३ पैसा पुगेको छ भने चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यस्तै सिमेन्ट बिक्रीबाट हुने आम्दानी ३.८२% ले बढेर ७ अर्ब ३५ करोड ५१ लाख २७ हजार रुपैयाँ पुगेको छ । साथै अन्य स्रोतबाट हुने आम्दानी २४५.३४% ले बढेर ३ करोड ८९ लाख ४८ हजार रुपैयाँ पुगेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी