×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले जेठ २८ गते बोलायो वार्षिक साधारणसभा, १५.७९ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले जेठ २८ गते बोलायो वार्षिक साधारणसभा, १५.७९ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेन्डा

Artha Sarokar

६ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले जेठ २८ गते शुक्रबार वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा भने सिद्धार्थ इन्सुरेन्स भवन बबरमहल काठमाडौंमा भिडियो कन्फरेन्सको माध्यमबाट बिहान ११ बजेदेखि सुरु हुने भएको छ । उक्त सभाले कम्पनीको १५.७९ प्रतिशत लाभांश पारित गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ३.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने लागेको हो । कम्पनीले हाल १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
प्रस्तावित बोनस वितरणपछि भने चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ । यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी विवरणहरु पनि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनको लागि कम्पनीले जेठ १४ गतेदेखि बुक क्लोज गर्ने भएको छ । जसकारण जेठ १३ गतेसम्म कायम रहने सेयरधनीले माात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने भएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी