
काठमाडौँ । अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सेवाका लागि उपयोग गरिएका सवारी साधनमा चालक र कामदार कर्मचारी मात्र राख्नुपर्ने भएको छ । ढुवानीका सवारी साधनमा पछिल्लो समय अन्य व्यक्तिलाई समेत राखेको जनाउँदै उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढुवानीका साधन सञ्चालनका लागि छुट्टै नियम बनाएको छ ।
मन्त्रालयमा निषेधाज्ञाका समयमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कार्यलाई नियमित बनाउने विषयमा आइतबार भएको छलफलले ढुवानी साधनको नम्बर, किसिमसहित संलग्न कामदार तथा कर्मचारीको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण खुलाउनुपर्ने निर्णय गरेको जनाइएको छ ।
बैठकले दैनिक अत्यावश्यक उपभोग्य खाद्य वस्तु ढुवानीमा प्रयोग गरिने सवारी साधन र कर्मचारीको विवरण प्रमुख जिल्ला अधिकारी र संस्था दर्ता भएको संस्थाका प्रमुखलाई जानकारी गराउनुपर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो ।
यस्तैगरी प्रजिअ र संस्था दर्ता भएको संस्थाका प्रमुखलाई सम्बोधन गरी पठाइएको पत्रको एकएक प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचयपत्रसहित साथमा राख्नुपर्ने र ढुवानीका सवारी साधनले सबैले देख्ने गरी अगाडि प्रयोजनसहितको सेवा उल्लेख गरिएको तुल राख्नुपर्ने निर्णय भएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्