
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड ६ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा १३.५५% ले घटेर ६ करोड २६ लाख ५३ हजार रुपैयाँ कमाएको जनाएको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड २४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै वित्तीय विवरण अनुसार यस अवधिमा विद्युत् बिक्रीबाट आम्दानी पनि १६ करोड ३३ लाख रुपैयाँबाट घटेर १५ करोड ४ लाख रुपैयाँमा आएको छ । कम्पनीको प्रशासनिकलगायत अन्य खर्चहरुमा पनि वृद्धि भएको छ ।
अहिले सिनर्जीको चुक्ता पुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ छ भने रिजर्भ कोषमा ६ करोड ३४ लाख ८१ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) बढेर ११ रुपैयाँ ३९ पैसामा कायम भएको छ ।यस्तै प्रतिसेयर नेटवर्थ भने १०८ रुपैयाँ ६६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्