
- अर्थ सरोकार सम्बाददाता
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वितरण गरेको सिलिण्डर आफ्नै खर्चमा किनेर वितरण गर्दा पनि उनका विरोधीहरुले सिलिन्डरमा फोटो राखेको भन्दै उनको विरोध गरिरहेका छन् । मन्दिरमा दान दिंदा त घन्टीमा नाम लेखाउने देशमा बसेर कसैले सिलिन्डरमा फोटो राख्यो भनेर तर्क गर्नु कति सहि हो कति गलत हो त्यसको विश्लेषण आफ्नै होला । तर अहिले सामाजिक संजालमा एउटा फोटो भाइरल भएको छ । त्यो पनि धेरैले यसलाई नबुझी सेयर गरेर मन्त्री आलेको चर्को आलोचना गरिरहेका छन् भने कतिले बुझ पचाएर ।
मन्त्री आलेले अक्सिजन सिलिन्डर किन्दा १५ लाख ५६ हजार ४०० रुपैयाँ तिरेका छन् । यसको भ्याट बिल अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि कतिपयले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य समन्वय महासाखाले जारी गरेको भ्याट छुट सम्बन्धि सूचना सेयर गर्दै कतै आलेले लिएको बिल नक्कली त परेन ? भन्दै प्रश्न गरेका छन् भने कतिपयले बिल नै नक्कली हो भनेका छन् । कतिले हतार हतारमा बिल बनाउँदा यस्तो भयो भनेर आरोपसमेत लगाएका छन् ।
के हो सत्य ?
सत्य कुराचाहिं के हो भने नेपालको कुनै कम्पनीले नेपालमै अक्सिजन सिलिन्डर बेच्दा भ्याट उठाउँछ । कुनै पनि कम्पनीले सो सिलिन्डर विदेशबाट पैठारी गर्दा अर्थात आयात गर्दामात्र भ्याट छुट हुने भनेको हो । नेपालभित्रको कारोबारमा भ्याट छुट भनिएको होइन । अझ सहज भाषामा भन्दा विशेषगरी भन्सारमा लाग्ने भन्सार शुल्क, तथा भ्याट लगायत छुट गरिएको हो । सो कम्पनीले अक्सिजनका सिलिन्डरहरु नेपाल भित्र्याउदा भ्याट नलागेपनि नेपालभित्रको विक्रीमा भ्याट लिन्छ र सो भ्याट सरकारलाई बुझाउँछ ।
नबुझ्ने भन्दा बुझ पचाउनेहरु धेरै हुँदा त्यसको सिकार अहिले प्रेम आले भएका छन् । महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिए।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्