Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंक र दृष्टि दि भिजन आइ सेन्टरबीच सम्झौता, बैंकका ग्राहकले विशेष छुट पाउने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कुमारी बैंक लि. र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आइ सेन्टर प्रा..लि. बीच उक्त उपचार केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा कुमारी बैंक लि.का ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता–पत्र अनुसार दृष्टि दि भिजन आइ सेन्टर प्रा.लि.बाट प्रदान गरिने आँखा उपचार सम्बन्धी सेवाको सेवा शुल्क कुमारी बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २० % सम्म र आँखा सम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।
कुमारी बैंक लि.का मार्केटिङ्ग प्रमुख नवीन मुनि बज्राचार्य र दृष्टि दि भिजन आइ सेन्टर प्रा.लि.का निर्देशक डा. रोहित सैजुले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोेआगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK