×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्धारा बर्दिबास अस्पताललाई २० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्धारा बर्दिबास अस्पताललाई २० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

Artha Sarokar

२० जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महोत्तरी । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बर्दिबास अस्पताललाई २० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कारितास नेपाल, कारितास जर्मनी, आड्रा नेपाल र स्वीस सोलिडारिटीसहितका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बर्दिबास अस्पताललाई कोभिड-१९ सङ्क्रमण प्रतिरक्षा, जाँच र बिरामीको उपचार प्रयोजनका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
दातृ निकायका साझेदार संस्था तथा सामग्री व्यवस्थापनका समन्वयकर्ता सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले सामग्री अस्पताल विकास समितिका अध्यक्ष तथा बर्दिबासका नगरप्रमुख बिदुरकुमार कार्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । कोभिड-१९ को सघन उपचार गर्दै आएको अस्पताललाई कारितास नेपाल र कारितास जर्मनीले १६ लाख ४७८ तथा आड्रा नेपाल र स्वीस सोलिडारिटीले २ लाख १३ हजार ४९७ मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेका अस्पतालले जनाएको छ ।
प्राप्त सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर मेसिन, नेबुलाइजर मेसिन, पल्स अक्सोमिटर, प्रोटेबल सक्सेन मेसिन, अक्सिजन सिलिण्डर, स्यानिटाइजर, भिटिएम ट्युब, एन्टिजेन किट, एक्सट्रक्शन किट, पिपिई सेट, थर्मलगन, सर्जिकल ग्लोब्स, सर्जिकल मास्क र एन-९५ सहितका सामग्री रहेका अस्पतालका जनस्वास्थ्य निरीक्षक तथा कोभिड-१९ स्रोत व्यक्ति रामबाबु यादवले जानकारी दिनुभयो । यसै साताको प्रारम्भमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकै समन्वयमा हेल्भाटस अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अस्पताललाई १२ लाख मूल्य बराबरका यस्तै स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।
यसैगरी कारितास नेपाल र कारितास जर्मनीले आजै जिल्लाको गौशाला नगरपालिका-१२ स्थित कोभिड-१९ आइसोलेशन सञ्चालन गरेको स्वास्थ्यचौकी इमलीबजारलाई ५ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ । यसैगरी आड्रा नेपाल र स्वीस सोलिडारिटीले छिमेकको धनुषा जिल्लामा पर्ने बटेश्वर स्वास्थ्यचौकीलाई करिब ३७ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको पैरवी मञ्चले जनाएको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी