×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको १ करोड ८४ लाख कित्ता सेयर सूचिकृत

GLOBAL IME BANK

सिटिजन्स बैंकको १ करोड ८४ लाख कित्ता सेयर सूचिकृत

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स बैंकको १ करोड ८४ लाख कित्ता सेयर सूचिकृत भएको छ । बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि विकास बैंकतर्फको सेयर स्वाप रेसियो अनुपातमा मिलान गरी सिटिजन्स बैंकको नाममा सूचीकरण भएको हो ।
सिटिजन्स बैंकको नाममा प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १०० रूपैयाँ अंकित दरको १ करोड ८४ लाख ५० हजार ३८२ दशमलव ३९ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत भएको हो । 
तिनाउ मिसनतर्फको सेयर सिटिजन्स बैंकको नाममा सूचीकृत भएसँगै मंगलबारदेखि सो विकास बैंकका सेयरधनीले मंगलबारदेखि धितोपत्र दोस्रो बजारमा खरीद बिक्री गर्न पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: