
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-१ बेलभञ्ज्याङ घर भई हाल बेलायतमा रहनुभएका अर्जुनबहादुर थापाले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख आर्थिक सहयोग गर्नुभएको छ । बेलायतमा नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट सञ्चालन गर्दै आउनुभएका थापाले आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको हो ।
आविष्कार केन्द्रले कोभिड-१९ विरुद्ध गर्ने स्वास्थ्य सामग्री उत्पादनसहितका काममा योगदान पुगोस् भन्ने अभिप्रायले इन्टरनेशनल नेप्लीज सेफ्स सोसाइटीका अध्यक्ष समेत रहनुभएका थापाले आर्थिक सहयोग गर्नुभएको हो । होटेल म्यानेजमेण्ट एण्ड टे«निङ सेन्टरबाट तालिम लिएर पछि त्यहीँ प्रशिक्षकसमेत रहनुभएका थापाले नेपाल, दुवई, जापान र बेलायतमा नेपाली, भारतीय तथा अन्य विभिन्न खाना पकाउने काममा तीन दशकको अनुभव हासिल गर्नुभएको छ ।
विगत डेढ दशकदेखि बेलायतमा रहेर विदेशी नेपालीमाझ प्रतिष्ठित सेफका रूपमा परिचित थापाले हाल लण्डनको फेल्थममा नमस्ते गोर्खा रेष्टुरेण्ट चलाउँदै आउनुभएको छ । हाल लण्डनकै प्रसिद्ध फ्रेन्च कुकिङ स्कूलमा कुलीनरी आर्ट्स एण्ड म्यानेजमेण्टमा स्नातक अध्ययनरत थापा ब्रिटिस करी अवार्ड विजेता पनि हुनुहुन्छ । उहाँ बिजिनेस एडमिनिस्ट्रेसनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक हुनुहुन्छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्