×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सम्पादकीय : लगानीकर्ताको आँखामा छारो हाल्ने ‘बदमास’ कम्पनीहरुलाई जेल हाल्ने आँट गर…!

  • सम्पादकीय
केहि दिनअघि लगानीकर्ता केशब कोइरालाले केहि कम्पनीहरुको नाम नै किटेर वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीहरुको सेयर कारोबार रोक्का गरी पाउँ भनी नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोगमा उजुरी गरे र त्यसको बोदार्थ नेप्सेमा पठाए । सो उजुरीउपर कारवाही गर्दै धितोपत्र बोर्डले यसरी वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीहरुको सेयर कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दियो र नेप्सेले पनि बोर्डको निर्देशन अनुसार यस विषयमा अनुसन्धान गर्यो । कोइरालाको एकल पहलले खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का भयो ।
उजुरी कुरेर नै सहि, धितोपत्र बोर्डले निकै राम्रो काम गरेको छ । नेप्से पनि यो राम्रो कामको महत्वपूर्ण साक्षी बनेको छ । जहिले पनि काम गरेनन् भनेर अपजश भोगिरहने र खासै काम पनि नगर्ने यी दुई निकाय अहिले धन्यवादका पात्र बनेका छन् । तर सेयर कारोबार रोक्का गर्नुमात्र समस्याको समाधान होइन । यस्ता बदमास कम्पनीहरुलाई कारवाहीको दाहेरा अझ फराकिलो बनाउन जरुरी छ । हुन त इन्साइडर ट्रेडिङ गर्नेहरुलाई त कारवाही गर्न कानुन छैन भन्नेहरु भएको देशमा खासै ठुलो आश गर्नु उचित नहुन सक्छ । तर कानुन संसोधन नै गरेर भएपनि यस्ता कम्पनीहरुलाई सेयर कारोबार रोक्का गर्नेमात्र होइन, यिनका संचालकहरुलाई जेल हाल्ने आँट गर्नुपर्छ । जवसम्म लगानीकर्ताका पक्षमा कठोर कानुन बन्दैन, तवसम्म त्यस्ता कम्पनीहरुको रबैया जारी रहन्छ ।
धितोपत्र बोर्डले चाहेको खण्डमा यस्तो कानुन संसोधन गर्न पहल गर्न पनि सक्छ । यो उसको इक्षाशक्तिको कुरा हो । धितोपत्र बोर्ड अभिभावक हो । उसले लगानीकर्ताको सम्पत्तिमाथि खेलबाड गर्नेलाई सचेत गराउनेमात्र होइन, कारवाहीको दाहेरामा ल्याउने आँट पनि गर्नुपर्छ । हुन त तीनै गलत गर्नेहरुको वरिपरी घुमेर बोर्डसम्म पुगेका व्यक्तिहरुबाट त्यस्तो आश गर्न सकिने अवस्था छैन भन्ने तर्क यतिबेला बलियो लाग्छ । र पनि गर्न खोजे नसकिने केहि छैन । धितोपत्र बोर्डका हाकिमहरुले माफियाहरुलाई बिर्सेर एकपटक लगानीकर्ताका पीर मर्का सम्झने हो भने गर्न गाह्रो वा असम्भव केहि छैन । मात्र बोर्डका हाकिमहरुले दारुपानी खाने संगत परिवर्तन गर्नुपर्छ । 
लगानीकर्ताको आँखामा छारो हाल्ने काम आर्थिक अपराध हो । विदेशतिर यस्तो काम गर्नेलाई हदैसम्मको कारवाही हुने व्यवस्था छ । नेपालमा अहिले बजार बुल ट्रेन्डमा रेहका बेला त सबै नाफाको अंकगणितमै व्यस्त छन् । तर बजार जब बियरिस ट्रेन्डमा जान्छ त्यस्ता अपराधी कम्पनीहरुको हर्कतले गर्दा बजारमा परेको असर बुझिन्छ । तर त्यो बेलासम्म धेरै ढिलो भईसकेको हुन्छ । र त यस कुरामा भोलि होइन आजै, आज होइन अहिल्यै, ख्याल गरेर, कडाभन्दा कडा कानुन ल्याएर लगानीकर्ताको आँखामा छारो हाल्नेहरुलाई जेल हाल्ने आँट गर्नुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: