- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौथों दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैंयाँले बढेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ८ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।