×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धुपाल्चोकका वास्तविक प्रभावितहरुले पाएनन् राहत, हाम्रो परिवार राम्रो परिवारद्धारा पहिलो पटक राहत वितरण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिन्धुपाल्चोकका वास्तविक प्रभावितहरुले पाएनन् राहत, हाम्रो परिवार राम्रो परिवारद्धारा पहिलो पटक राहत वितरण

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हाम्रो परिवार राम्रो परिवारले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितहरुलाई हेलम्बुमै पुगेर राहत सामग्री वितरण गरेको छ । हाम्रो परिवार राम्रो परिवारका सचिव दिपेन्द्र खण्डको नेतृत्वमा गएको राहत वितरण टोलीले सोमबार हेलम्बु गाउँपालिका-१,२ र ३ मै पुगेर राहत बाँडेको थियो । ‘उत्त क्षेत्रका वास्तबिक पिडितले आजसम्म कुनै राहत नआएको र केहिपनि सामाग्रीहरू नपाएको त्यहाँका स्थानीयहरुको भनाई छ’ ।
राहत सामग्री बोकेर हाम्रो परिवार राम्रो परिवारको टिम सोमबार बिहान सिन्धुपाल्चोकको हेलम्बु लागेका थिए । खाद्य, स्वास्थ्य तथा बासका राहत बोकेर हेलम्बु पुगेको यो पहिलो टोली थियो । सिन्धुपाल्चोकका बाढी–पहिरो पीडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला उनीहरू राहत बाँड्न तत्पर भएका हुन् । राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकोमा पहिलो राहत हाम्रो परिवार राम्रो परिवारले ल्याएको बताए ।
राहत वितरण टोली हाम्रो परिवार राम्रो परिवारको सचिव खण्कासहित कोषाध्यक्ष सोनि बस्नेत, सुमि बस्नेत,निता क्षेत्रि, राम कार्की,गोपाल सुवेदी,अनोज पण्डित,उत्तम कार्की अनिता खत्रि गिता थापा र सिन्धुपाल्चोक जिल्लाको हाम्रो परिवार राम्रो परिवारको टिम बालकृष्ण चौलागाई, अर्जुन आचार्य, प्रशान्त चौलागाई, बाबुराम भट्टराईलगायत सहभागी थिए । जिल्ला समन्वय समितिकी सदस्य बिमला भण्डारीका अनुसार यो वडामा पूर्ण रुपमा १ सय ५० घर प्रभावित भएको जानकारी गराइन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: