
सिमिकोट । अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा पाँच दिनदेखि अवरुद्ध बनेको छ । देशभरसहित हुम्लामा लगातार परेको वर्षाका कारण हवाई उडान हुन नसकेको हो । निषेधाज्ञाको समयमा पनि नेपालगञ्ज सुर्खेतबाट नियमित उडान भर्दै आएका निजी हवाई उडान खराब मौसमका कारण अवरुद्ध बनेका छन् । नेपालमा भित्रिएको मनसुनका कारण जिल्लामा लगातार भएको वर्षाले हवाई उडानअवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी गराएको छ ।
हवाई उाडनअवरुद्ध हुँदा जिल्ला बाहिरबाट ढुवानी हुँदै आएको सामग्रीसमेत ठप्प भएको छ । नेपालगञ्ज सुर्खेतबाट खाद्य व्यवस्था तथा व्यापर कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी, विकास निर्माणका सामग्री, सिमकोटमा भित्रिने दैनिक उपभोग्य वस्तु हवाई सेवाअवरुद्ध हुँदा ठप्प भएको छ । दैनिक उपभोग्य वस्तुको ढुवानी नहुँदा सिमकोटमा समस्या हुने देखिएको छ । नेपालगञ्ज, सुर्खेतबाट सीता, समिट, तारा एयरले उडान भर्दै आएका छन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्