
इलाम । इलाम समाज बेलायतले आफ्नो गृह जिल्लालाई १४ लाख बराबरको स्वास्थ सामग्री सहयोग गरेके छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाका लागि प्रत्येकलाई दुई/दुई थान अक्सिजन कन्सन्ट्रेटर र १०/१० थान अक्सिमिटर प्रदान गरिएको संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले बताउनुभयो ।
बेलायतको नेपाली समुदायले नेपालकै लागि गरिरहेको सहयोगलाई समन्वयकारी भूमिका निर्वाह गरिरहेको नेपाली राजदूतावास लण्डनमार्फत समाजले पठाउन खोजेको २० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर बेलायतबाट नेपाल पठाउने प्रबन्ध मिलाउने अध्यक्ष राईले जानकारी दिनुभयो । राजधानीबाट इलामसम्म पु¥याएर वितरण गर्ने जिम्मा भने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले लिनुभएको छ ।
जिल्लामा आइपर्ने विभिन्न दैवीप्रकोपदेखि सीमान्तकृत परिवारलाई आर्थिक एंव अन्य सामग्री सहयोग गर्दै आएको समाजले बेलायतमा छुट्टै परिचय बनाएको छ । परोपकारी कामबाहेक जिल्लालाई पर्यटकीय स्थलका रूपमा परिचित गराउन ‘इलाम हाम्रो पहिचान’ नामक जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थल र सम्पदा अनि विशेष व्यक्तित्वहरुलाई समेटेर वृत्तचित्रसमेत तयार पारेको राईले बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्