×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank

गोली र रड प्रहार गरी घरका सबै सदस्यलाई घाइते बनाई लाखौँको डकैती

CITY EXPRESS AD
BIZBAZAR AD
जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी-१ स्थित सम्सी-गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव ज्वेलर्स (सुनचाँदी पसल) सञ्चालन गरेका स्थानीयवासी वीरेन्द्र साहको घरमा गए राति डाकाहरुको समूहले गोली र रड प्रहार गर्दै घरका सबै सदस्यलाई घाइते बनाएर लाखौँको लुटपाट गरेका छन् ।
राति २ बजेको समयमा नौ/दश जनाको समूहमा घरको पछाडिको ढोका फोडेर आएका डाकाहरुले नलकटुवा पेस्तोलले पसले एवं घरमूली ५० वर्षीय वीरेन्द्र साहको ढाडमा गोली हानेका छन् भने निजकी पत्नी ४५ वर्षीया सुशीला देवी, छोरा २५ वर्षीय शम्भु, छोरी २० वर्षीया कञ्चनकुमारी र अर्का छोरा १७ वर्षीय राजीवलाई अनुहार र टाउकोमा रड प्रहार गरी गम्भीर घाइते बनाएर लाखौँको लुटपाट गरेको प्रनाउ विष्टले बताउनुभयो ।
घाइतेहरुलाई गए राति नै जनकपुरस्थित गोदावरी अस्पतालमा लगि उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ । डाकाहरुको समूहले वीरेन्द्रले सञ्चालन गरेको पसलबाट नगद २ लाख, पाँच तोला सुन र १७२ तोला चाँदी गरी जम्मा ९ लाख ९७ हजार लुटपाट गरी लगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अन्य प्रहरी र्एकाइबाट डाकाहरु खोजतलासका लागि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताउनुभयो । -रासस
Hamro Parto AD
MEGA BANK AD
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal