
जलेश्वर । महोत्तरीको वर्दिबास नगरपालिका-२ मा अपाङ्ग विद्यालय निर्माणका लागि दुई जना मनकारीले २० कठ्ठा जग्गा दान गर्नुभएको छ । वर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार अपाङ्ग बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिकाबाट विद्यालय निर्माण लागि स्थानीय धनबहादुर दर्लामीले १५ कठ्ठा र डिकबहादुर थापाले पाँच कठ्ठा जग्गा दान दिनुभएको हो ।
नगरप्रमुख कार्कीले वर्दिबासमा अपाङ्ग विद्यालयका लागि आफ्ना करोड बढी मूल्य पर्ने जग्गा दान दिनुभएको दुवै जना मनकारीलाई नगरपालिकाले धन्यवाद दिएको छ । यता अपाङ्ग बालबालिकाका लागि आफ्नै गाउँठाउँमा विद्यालय सञ्चालनमा आउने भएपछि स्थानीय निक्कै खुशी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्