Skip to content
LAXMI SUNRISE BANK

तास खेलिरहेको अवस्थामा ९ जना प्रहरीको फन्दामा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कास्की । तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ५ पर्श्याङ धारापानी मार्ग डेरा गरी बस्ने धादिङ घर भएका ३० वर्षीय जित बहादुर गुरुङको कोठामा तास खेलिरहेका गुरुङलगायत ९ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २३ हजार १ सय ६५ रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK