×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल स्टक एक्सचेन्जका अध्यक्ष लक्ष्मण न्यौपानेको कार्यकाल सकियो, कम्पनी सचिवको जिम्मेवारी मुराहरि पराजुलीलाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल स्टक एक्सचेन्जका अध्यक्ष लक्ष्मण न्यौपानेको कार्यकाल सकियो, कम्पनी सचिवको जिम्मेवारी मुराहरि पराजुलीलाई

२६ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्ष लक्ष्मण न्यौपानेको कार्यकाल सकिएको छ । ४ वर्षका लागि नियुक्त भएका न्यौपानेको कार्यकाल यहि जेठ महिनाको पहिलो सातादेखि सकिएको हो । उनलाई २०७४ जेठ ४ गतेको मन्त्रिपरिषद्को बैठकले नेप्सेको अध्यक्षमा नियुक्त गरेको थियो । उनले २०७४ जेठ ७ गते आइतबारदेखि कार्यभार सम्हालेका थिए । न्यौपानेको कार्यकाल सकिएसंगै अब सरकारले नयाँ अध्यक्ष नियुक्त गर्नेछ ।    
यस्तै नेप्सेले कायम मुकायम सहायक प्रबन्धक मुराहरि पराजुलीलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ । यस अघि नेप्सेको कम्पनी सचिवमा उपप्रबन्धक प्रविन पन्दाक रहेकी थिईन् । यता नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको कार्यकाल पनि आगामी असोज २३ गते सकिँदैछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी