×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्तले जेठ २५ गते बोलाए विशेष साधारणसभा, गाभिने प्रस्ताव पारित गरिने

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्तले जेठ २५ गते मंगलबार विशेष साधारणसभा बोलाएका छन् । गाभ्ने, गाभिने प्रस्ताव पारित गर्न सभामा बोलाएका हुन् । नेशनल माइक्रोफाइनान्सले महिलालाई एक्वायर गर्दैछ । नेशनलको सभा केन्द्रीय कार्यालय धादिङबेसी, धादिङमा बिहान ११ बजे सुरु हुनेछ भने महिला सहयात्राको सभा केन्द्रीय कार्यालय मकवानपुर बिहान ११ बजे नै सुरु हुनेछ । 
सभामा नेशनलले १००ः६८ अनुपातमा महिला सहयात्रालाई गाभ्ने प्रस्ताव पेश हुनेछ । अर्थात, महिला सहयात्राको १०० कित्ता सेयर हुने सेयरधनीले मर्जपछि बन्ने नेसनलको ६८ कित्ता सेयर पाउनेछन् । दुवैले सभाको विशेष प्रस्तावका रुपमा डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने एजेन्डा पनि राखेका छन् । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ । 
विषेश सभा प्रयोजनका लागि दुवै कम्पनीले जेठ १७ गते बुक क्लोज गरेका छन् । यता, नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्सलाई महिला सहयात्रा लघुवित्तलाई आफूमा गाभ्न स्वीकृति प्रदान गरिसकेको छ । राष्ट्र बैंकले वैशाख १५ गते यी दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो । यसअघि गत माघ ८ गते दुई संस्थाबीच बिहीबार मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । 
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal