- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बिहीबारदेखि नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ५० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँमा ५० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको हो ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ भने यसमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयरमा असार १० गतेभित्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्सालमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।