×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नगर अस्पतालको आधुनिक भवन बनाइँदै, सङ्घीय सरकारद्धारा १८ करोड बजेट विनियोजन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नगर अस्पतालको आधुनिक भवन बनाइँदै, सङ्घीय सरकारद्धारा १८ करोड बजेट विनियोजन

२ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिकास्थित गैँडाकोट नगर अस्पतालको आधुनिक भवन निर्माण सुरु गरिएको छ । पन्ध्र शय्याको नगर अस्पतालको आधुनिक भवन निर्माणका लागि सङ्घीय सरकारले १८ करोड बजेट विनियोजन गरेपछि निर्माण सुरु गरिएको हो ।
सरकारले विनियोजन गरेको रकममध्ये १ करोड बजेट निकासा भएलगत्तै नगर अस्पताल निर्माणको काम अगाडि बढेको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो । आधुनिक सेवा सुविधासहितको नगर अस्पताल भवनको प्रारम्भिक चरणको निर्माण शुरु भएको भन्दै उहाँले भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको जानकारी दिनुभयो । आकस्मिक कक्ष निर्माणसँगै नगर अस्पतालले गत वर्षको फागुन २७ गतेदेखि सेवा प्रदान गर्दै आएको थियो ।
अस्पतालमा दुई मेडिकल अधिकृत (एमबिबीएस चिकित्सक) सहितका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भइरहेको छ । अस्पतालको नयाँ भवन निर्माणले पूर्णता पाएपछि सबै दरबन्दीसहित अहिले उपलब्ध हुन नसकेका सेवासमेत प्रदान गर्न सकिने नगरप्रमुख पौडेलले बताउनुभयो । अस्पतालबाट हाल आकस्मिक सेवासहित प्रसूति सेवा, ड्रेसिङ सेवा तथा प्राथमिक उपचार सेवा प्रदान गरिँदै आएको छ ।
गैँडाकोट नगर अस्पताल विकास समितिका अध्यक्ष एवं गैँडाकोट-११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले निर्माण शुरु गरिएको नयाँ भवनमा जेनेरेटर जडान, सेवा सहजताका लागि छुट्टाछुट्टै कक्ष तथा खानेपानीको सहज व्यवस्थापन हुने जानकारी दिनुभयो । अस्पतालबाट प्रदान गरिने सेवासम्बन्धी तालिकालाई व्यवस्थित पार्ने, पुराना फाइल हटाउने, वरपर सरसफाइ गर्दै हरियाली बनाउने र अस्पतालमा बगैँचा व्यवस्थापन गर्दै नगर अस्पताललाई आकर्षक बनाउने गरी काम अगाडि बढेको सुवेदीले बताउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: