×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फेरी पनि नेप्सेमा उछाल : ५५ अंकले बढेको बजारमा ब्रोकरले पनि टन्नै कमाए, नेपाल पुनर्बीमातिर फर्किए लगानीकर्ता !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा बजार ५५.७६ अंकले बढेर २८२७. १२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१९ कम्पनीको २ करोड २६ लाख १३ हजार २९ सेयर खरिद बिक्री हुँदा ११ अर्ब ३५ करोडको कारोबार भएको छ । बजारमा ११ अर्ब बढीको कारोबार हुँदा ब्रोकरहरु पनि मालामाल भएका छन्  ।
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमाको भएको छ । यस कम्पनीको कुल १ अर्ब ३७ करोड ८७ लाखमाथिको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये १ वटा समूहबाहेक अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने राधि हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: