×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च !

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । भारतमा पेट्रोलियम पदार्थको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । एक महिनामा १७ पटक पेट्रोलियम पदार्थको मुल्य बढेसँगै नयाँ रेकर्ड कायम भएको हो । भारतमा मे ४ देखि अहिलेसम्म १७ पटक पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएको छ ।
भारतको राजधानी दिल्लीमा पेट्रोल अहिलेसम्मकै महँगो ९४.४९ रुपैयाँ प्रतिलिटर भारतीय रुपियाँ अर्थात नेपाली १५१ रुपैयाँ १८ रुपैयाँ पुगेको छ । यस्तै डिजल प्रतिलिटर ८५.३८ रुपैयाँ पुगेको छ । भ्याट र स्थानीय कर अनुसार राज्य अनुसार पेट्रोलियम पदार्थको मुल्य फरक फरक रहेको छ । जसअनुसार राजस्थान, मध्य प्रदेश, महाराष्ट्र जस्ता राज्यमा पेट्रोलको मुल्य प्रतिलिटर भारतीय रुपैयाँ सय भन्दा माथि पुगिसकेको छ । 
यी राज्यले पेट्रोलियम पदार्थमा सबैभन्दा बढी भ्याट लगाएको हुनाले महँगो भएको बताइएको छ । मंगलबारको वृद्धिपछि महाराष्ट्रमा पेट्रोल १००.७२ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजल ९२.६९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal