×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातवटै प्रदेशद्वारा २ खर्ब ६१ अर्ब ८२ करोडको बजेट सार्वजनिक, कुनको कति ? (विवरणसहित)

PRIME CA

सातवटै प्रदेशद्वारा २ खर्ब ६१ अर्ब ८२ करोडको बजेट सार्वजनिक, कुनको कति ? (विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : २ असार २०७८, बुधबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका छन् । सातवटै प्रदेशले कुल २ खर्ब ६१ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । प्रदेशहरुले स्वास्थ्य, भौतिक पूर्वाधार र कृषि र रोजगारीलाई बढी प्राथमिकता दिएका छन् । 

हेर्नुहोस् कुन प्रदेशको बजेट कति ?
प्रदेश १
प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख रुपैयाँ र पुँजीगततर्फ १४ अर्ब पाँच करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।  
प्रदेश २
प्रदेश २ सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको । 
वाग्मती प्रदेश
वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोड नौ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ २६ अर्ब १ करोड ६ लाख रुपैयाँ र पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको ।

गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारले ३० अर्ब तीन करोड ९४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको । 

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा प्रदेश सरकारले चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।
कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले साढे ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ २१ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ र पुँजीगततर्फ ११ अर्ब ४९ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्ब ३३ करोड रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

सारांश
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: