×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको स्थगित वार्षिक साधारणसभा असार ६ गते हुने, लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको स्थगित वार्षिक साधारणसभा असार ६ गते हुने, लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेस गरिने

Artha Sarokar

३१ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारणसभा असार ६ गते हुने भएको छ । कम्पनीले सभा होटल इच्छा सिमरामा बिहान ११ बजे बोलाएको हो । सभामा कम्पनीले गत वर्षको नाफाबाट ८% बोनस सेयर र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।
बोनस सेयर वितरणपछि कायम हुने पूँजीमा संस्थापक सेयरधनीको हिस्सा ५१% र सर्वसाधाण सेयरधनीको हिस्सा ४९% पुर्याउने एजेन्डा पनि छ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेबारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ । सभाको लागि कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी