×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

राधी विद्युत कम्पनीले असार २९ गते बोलायो साधारणसभा, ३६.५०% बोनसपछि १४७.५२% हकप्रद मुख्य एजेन्डा

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राधी विद्युत कम्पनीले आफ्नो वार्षिक साधारणसभा असार २९ गते बोलाएको छ । कम्पनीले सभा आफ्नो केन्द्रिय कार्यालय, त्रिपुरेश्वरमा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ भने सभामा सहभागिताको लागि जुम आईडी र पासवर्ड उपलब्ध गराइने कम्पनीले बताएको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस सेयर वितरणपश्चात हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न सभा डाकेको हो । सभाले ३६.५% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ । राधीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश भने प्रस्ताव गरेको छैन । तसर्थ, सेयरधनी आफैले बोनसमा लाख्ने कर जम्मा गर्नुपर्ने हुन्छ ।
उक्त बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीमा १४७.५२% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । कम्पनीले सभा गर्न असार १५ गतेदेखि बुक क्लोज गर्नेछ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal